Kathmandu Press

सत्य निरुपणमा भट्ट र वेपत्ता आयोगको अध्यक्षमा सुवेदी नियुक्त 

काठमाडौं, माघ ६ : सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेशदत्त भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेद....

सत्य निरुपणमा भट्ट र वेपत्ता आयोगको अध्यक्षमा सुवेदी नियुक्त 

काठमाडौं, माघ ६ : सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेशदत्त भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदीलाई नियुक्त गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद बैठकले विगत एक बर्षदेखि रित्त रहेको दुबै आयोगको पदाधिकारी नियुक्त गरेको हो।सत्य निरुपणको सदस्यहरुमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेल नियुक्त भएका छन् । यस्तै वेपत्ता छानविन आयोगको सदस्यहरुमा विष्णु भण्डारी, सुनिल रञ्जन सिंह, गांगा अधिकारी र सरिता थापा मगर नियुक्त भएका छन्।

आयोगका पदाधिकारीहरु सिफारिस गर्न गत चैतमा नै पूर्व प्रधानन्याधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति बनाएको थियो । सिफारिस समितिको निर्णयलाई सरकारले औपचारिकता दिएको हो। 
 

प्रकाशित मिति: २१:४७ बजे, सोमबार, माघ ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्