नेपाल कराते महासंघको अध्यक्षमा लामा
चितवनको पटिहानीमा सम्पन्न महाधिवेशनले लामाको नेतृत्व २२ सदस्यीय कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो।
चितवन, चैत १२ : नेपाल कराते महासङ्घको अध्यक्ष पदमा पुनः युवराज लामा चयन भएका छन्।
चितवनको पटिहानीमा सम्पन्न महाधिवेशनले लामाको नेतृत्व २२ सदस्यीय कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो।
महासंघको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी चयन भएका छन् भने अन्य उपाध्यक्षमा प्रकाशमोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईँ, मजिन्द्र सिंह र श्याम शेर्पा छन्।
महासचिवमा दावा गुरुङ र कोषाध्यक्षमा किशोर भट्टराई निर्विरोध निर्वाचित भए। सचिवमा ध्वजमान मोक्तान र बलराम मित्र चयन भए।
यस्तै सदस्यमा रामबहादुरसिंह ठकुरी, सञ्जयसुन्दर सैँजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल, शाहीकुमारी तिनुङ चयन भएका छन्।
यस्तै अध्यक्ष लामाले सञ्जय राई र कमला रानालाई सदस्यमा मनोनित गरेका छन्।
महाधिवेशनबाट नै पाँच सदस्यीय सल्लाहकार समितिसमेत चयन गरिएको छ । सल्लाहकार समितिमा दिपेश शाक्य, निवासगोपाल वैद्य, हरि विष्ट, गणेश कार्की र विष्णु कार्की रहेका छन्।