पेलेप्रति समर्पित खेलमा ब्राजिल पराजित
घरेलु मैदान ग्रान्ड स्टेड डी टान्जरमा भएको खेलमा गर्दै मोरक्कोलाई जित दिलाउन सोफियान बुफाल र अब्देलअमिद सबिरीले गोल गरे भने ब्राजिलका कप्तान कासेमिरोले गोल गरे।
काठमाडाैं चैत १२ : मैत्रीपूर्ण खेलमा ब्राजिलि पराजित भएको छ। शनिबार राति भएको खेलमा ब्राजिल मोरक्कोसँग २–१ले पराजित भएको हो।
मोरक्कोविरुद्धको खेले ब्राजलले केही महिना अगाडि निधन भएका महान फुटबल पेलेप्रति समर्पित गरेको थियो । खेलमा ब्राजिलले पेले लेखेको जर्सी लगाएर खेलेको थियो।
घरेलु मैदान ग्रान्ड स्टेड डी टान्जरमा भएको खेलमा गर्दै मोरक्कोलाई जित दिलाउन सोफियान बुफाल र अब्देलअमिद सबिरीले गोल गरे भने ब्राजिलका कप्तान कासेमिरोले गोल गरे।
२९औं मिनेटमा सोफिएन बुफालको गोल मोरक्कोले सुरुआती अग्रता लियो । पहिलो हाफ १–० मै सकियो ।
६७औं मिनेटमा ब्राजिलका कप्तान कासेमिरोले लुकास पक्वेटाका पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । तर, ७९औं मिनेटमा सबिरीले गोल गर्दै मोरक्कोलाई जिताए।
खेलमा ब्राजिलले ५४ प्रतिशत बल पोजेसन बनाउँदै १४ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो । यता, मोरक्कोले ११ सट प्रहार गर्दा ३ सेट फ्रेममा थियो।