Kathmandu Press

थ्री नेसन्स कप : लाओसले भुटालाई हरायो

शनिबार दशरथ रंगशालामा भएको खेलमा लाओसले भुटानलाई २–१ले हरायो।
थ्री नेसन्स कप : लाओसले भुटालाई हरायो

काठमाडाैं, चैत ११ : दशरथ रंगशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा लाओस विजयी भएको छ। शनिबार दशरथ रंगशालामा भएको खेलमा लाओसले भुटानलाई २–१ले हरायो।

यो जितसँगै लाओसले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। यो जितका कारण फाइनल पुग्ने दुई टिमको निर्णयका लागि अन्तिम खेल कुर्नु पर्नेछ ।

अब भुटानले मंगलबार हुने खेलमा नेपालको सामना गर्नेछ । त्यसै खेलको नतिजाले उपाधि भिड्ने दुई टिम निश्चित गर्नेछ ।

बोनकोङले खेलको चौथो मिनेटमै गोल गर्दै लाओसलाई अग्रता दिलाए। भुटानका लागि कप्तान छन्चो ग्याल्सेनले ३४ औं मिनेटमा बराबरी गोल गरे । दोस्रो हाफको ७१ औं मिनेटमा बोनकोङले दोस्रो गोल गरे र टिमको जित निश्चित गरे।

 

 

प्रकाशित मिति: २०:३० बजे, शनिबार, चैत ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्