Kathmandu Press

प्रदेश नम्बर ५ का कांग्रेस संसदीय दलका नेताको निधन 

काठमाडौं, माघ ६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश नम्बर ५ का संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । उनको सोमबार दिउँसो १ बज....

प्रदेश नम्बर ५ का कांग्रेस संसदीय दलका नेताको निधन 

काठमाडौं, माघ ६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश नम्बर ५ का संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । उनको सोमबार दिउँसो १ बजे निधन भएको हो । लामो समय देखि क्यान्सबाट ग्रसित नेता पोखरेलको ८२ बर्षको उमेरमा निधन भएको हो।
 
रुपन्देहीस्थित निवासमा पोखरेलको निधन भएको कांग्रेस केन्द्रीय सदस्य भण्डारीले जानकारी दिए । पोखरेलको फोक्सोमा देखिएको क्यान्सर शरीरका अन्य अंगमा पनि फैलिएको थियो । उनी एक वर्षयता सक्रिय राजनीतिमा थिएनन् ।

प्रकाशित मिति: १६:२० बजे, सोमबार, माघ ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्