Kathmandu Press

आर्मीका मुकेश र पुलिसकी राजपुराले जिते १० के रोड रेस उपाधि

पुरुषतर्फ मुकेशले निर्धारित दुरी ३१ मिनेट २१.७६ सेकेण्डमा पूरा गर्दै उपाधि जिते। महिलातर्फ च्याम्पियन बनेकी राजपुराले कोर्स रेकर्डसहित निर्धारित दुरी ३६ मिनेट ४३।२ सेकेण्डमा पूरा गरिन्।
आर्मीका मुकेश र पुलिसकी राजपुराले जिते १० के रोड रेस उपाधि

काठमाडौं, चैत ११ : चौथो वीर गणेशमान सिंह १० के रोड रेसको उपाधि त्रिभुवन आर्मी क्लबका मुकेश पाल र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले जितेका छन्।

पुरुषतर्फ मुकेशले निर्धारित दुरी ३१ मिनेट २१.७६ सेकेण्डमा पूरा गर्दै उपाधि जिते। एपीएफका गोपीचन्द्र पार्की दोस्रो स्थानमा रहे। साविक विजेता गोपीले ३१ मिनेट ३८.६८ सेकेण्ड दौड पूरा गरे। 

यस्तै तेस्रो भएका आर्मीका दीपक अधिकारीले ३१ मिनेट ४७.४२ सेकेण्डमा दौड पूरा गरे। आर्मीका संजय श्रेष्ठ चौंथो र केन्याका सिमोन किपगेट पाँचौं स्थानमा रहे।

यसैगरी महिलातर्फ च्याम्पियन बनेकी राजपुराले कोर्स रेकर्डसहित निर्धारित दुरी ३६ मिनेट ४३।२ सेकेण्डमा पूरा गरिन्। दुरी ३७ मिनेट ५४.१५ सेकेण्डमा पूरा गर्दै पुलिसकै राममाया बुढा दोस्रो भइन्। 

एपीएफकी पुष्पा भण्डारी तेस्रो बनिन्। उनले निर्धारित दुरी ३८ मिनेट २६।०३ सेकेण्डमा पुरा गरिन्। आर्मीका पूर्णलक्ष्मी न्यौपाने चौंथो र एपीएफकी बिन्द्र श्रेष्ठ पाँचौं स्थानमा रहिन्।

प्रतियोगिताको महिला र पुरुष विजेताले ६० हजार, उपविजेताले ३० हजार र तेस्रोले १५ हजार प्राप्त गरेका छन्। चौंथोले १० हजार र पाँचौंले ५ हजार प्राप्त गरेका छन्।

प्रकाशित मिति: १५:२२ बजे, शनिबार, चैत ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्