सन्दीपले लिए पहिलो ओभरमै दुई विकेट
काठमाडौं, माघ ६ : बिग बास लिग (बीबीएल)को आजको खेलमा सन्दीप लामिछानेले पहिलो ओभरमा दुई विकेट लिएका छन्।
अहिले चलिरहेको सन्दीपको मेलबर्न स्टार....

काठमाडौं, माघ ६ : बिग बास लिग (बीबीएल)को आजको खेलमा सन्दीप लामिछानेले पहिलो ओभरमा दुई विकेट लिएका छन्।
अहिले चलिरहेको सन्दीपको मेलबर्न स्टार्स र सिड्नी सिक्सर्सको खेलमा सन्दीपले दुई विकेट लिएका हुन्।
वर्षाका कारण १४ ओभरमा छोट्याएको खेलमा सन्दीपलाई मेलबनका कप्तान ग्रेन मेक्सवेलले चौथो ओभरमा बलिङका लागि बोलाएका थिए।
उनले आफ्नो पहिलो ओभरको चौथो बलमा डीपी हज र अन्तिम बलमा जेआर फिलिपलाई आउट गरेका छन्।
अहिले सिड्नीले दुई विकेटको क्षतिमा ३२ रन बनाएको छ।
प्रकाशित मिति: १४:४३ बजे, सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











