Kathmandu Press

एम्बाप्पेको कप्तानी डेब्यूमा नेदरल्यान्ड्समाथि फ्रान्सको जित

नियमित कप्तान ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुबटलबाट सन्यास लिएपछि कप्तान बनेका एम्बाप्पेले युरोकप छनोट अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध डेब्यू गरे।
एम्बाप्पेको कप्तानी डेब्यूमा नेदरल्यान्ड्समाथि फ्रान्सको जित

काठमाडाैं, चैत ११ : कप्तानका रुपमा डेब्यू खेलमा एम्बाप्पेले उत्कृष्ट प्रर्दशन गरेपछि फ्रान्स विजयी भएको छ।

नियमित कप्तान ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुबटलबाट सन्यास लिएपछि कप्तान बनेका एम्बाप्पेले युरोकप छनोट अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध डेब्यू गरे।

कप्तानका रुपमा फ्रेन्च टिमका डेब्यू गरेका खेलमा एम्बाप्पेले २ गोल गरेपछि फ्रान्सले नेदरल्यान्ड्समाथि ४–०को सानदार जित निकाल्यो।

घरेलु मैदान स्टेड डे फ्रान्समा भएको खेलमा दोस्रो मिनेटमै एन्टोनी ग्रिजमनको गोलमा फ्रान्सले अग्रता लियो । आठौं मिनेटमा डायोट उपामाकानोले फ्रान्सको अग्रता दोब्बर बनाए।

२१औं मिनेटमा एम्बाप्पेले गोल गरेपछि पहिलो हाफमा फ्रान्सले ३–०को अग्रता लियो । ८८औं मिनेटमा व्यक्तिगत दोस्रो गरेपछि फ्रान्स ४–०ले विजयी भयो ।

यता, प्रशिक्षक रोनाल्ड कोमनले डच टिममा आफ्नो दोस्रो कार्यकाल हारको सुरु गरेका छन्। विश्वकपमा खराब प्रदर्शनसँगै प्रशिक्षक लुइस भान हालले राजीनामा दिएपछि कोमन डच टिमका मुख्य प्रशिक्षक बनेका हुन्।

प्रकाशित मिति: ११:२० बजे, शनिबार, चैत ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्