Kathmandu Press

त्रिभुवन विमानस्थलमा ठोक्किए बुद्ध र यतीका जहाज

काठमाडौं, माघ ६ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान दुई जहाज एक–आपसमा ठोकिएका छन्।

काठमाडौंबाट जनकपुर जानका लागि पार्क....

त्रिभुवन विमानस्थलमा ठोक्किए बुद्ध र यतीका जहाज
फाइल फाेटाे

काठमाडौं, माघ ६ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान दुई जहाज एक–आपसमा ठोकिएका छन्।

काठमाडौंबाट जनकपुर जानका लागि पार्किङ–वेबाट रन–वेतर्फ जाने क्रममा बुद्ध एयरको जहाज यती एयरलाइन्सको जहाजसँग ठोक्किएको हो।

दुई जहाज एक–आपसमा ठोक्किँदौ दुवै जहाजमा सामान्य क्षति पुगेको छ। पंखामा क्षति पुगेको बुद्ध एयरले जनाएको छ।

विमानस्थल कार्यालयका अनुसार, बुद्धको ७२ सिटे एटिआर जहाजले यतीको एटिआर जहाजलाई ठक्कर दिएको हो।

क्षति सामान्य भए पनि दुवै जहाजलाई नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले जाँच गरेपछि मात्रै उडान हुने बताइएको जनाएको छ।

 

प्रकाशित मिति: ११:०५ बजे, सोमबार, माघ ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्