द हन्ड्रेडमा बिकेनन् सन्दीप र अर्जुन

काठमाडाैं, चैत १० : इंग्ल्यान्डमा आयोजना हुने क्रिकेट प्रतियोगिता ‘द हन्ड्रेड’को तेस्रो संस्करणका लागि भएको ड्राफ्टमा नेपाली क्रिकेटर स्पिनर सन्दीप लामिछाने र विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद बिक्न सकेनन्।
दुवै खेलाडी बिहीबार भएको ड्राफ्डमा रहेपनि ‘द हन्ड्रेड’का क्लबले उनीहरुमाथि बोली लगाएनन्।
‘द हन्ड्रेड’को पहिलो संस्करणमा ओभल इन्भिन्सबलमा आबद्ध भएका थिए। तर, भिसा समास्या भएपछि सन्दीपले उक्त प्रतियोगिता खेल्न भने पाएनन्।
द हन्ड्रेडमा ८ टिम छन् । प्रतियोगिताको तेस्रो संस्करण आउने अगष्ट महिनामा आयोजना हुनेछ।
प्रकाशित मिति: १४:३४ बजे, शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











