Kathmandu Press

रोनाल्डोले कीर्तिमान बनाएको खेलमा पोर्चुगल विजयी

यो खेलसँगै रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन्। पोर्चुगलका लागि उनको यो १९७औं खेल हो।
रोनाल्डोले कीर्तिमान बनाएको खेलमा पोर्चुगल विजयी

काठमाडाैं, चैत १० : युरोप कप छनोटमा सुपरस्टार क्रिस्टियानो रोनाल्डोले प्रेरित पोर्चुगल विजयी भएको छ। रोनाल्डोले २ गोल गरेको खेलमा पोर्चुगलले लिचेस्टाइनमाथि ४–०को सजह जित निकालये ।

यो खेलसँगै रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन्। पोर्चुगलका लागि उनको यो १९७औं खेल हो।

युरोकप छनोटको पहिलो खेलमा पोर्चुगललाई जित दिलाउन रोनाल्डोले २ गोल गरे भने जोआ क्यान्सेलो र बर्नार्डो सिल्भाले पनि गोल गरे।

आठौं मिनेटमा क्यान्सेलोको गोलमा पोर्चुगलले अग्रता लियो । पहिलो हाफ १–०मा सकिएको खेलमा पोर्चुगलले दोस्रो हाफमा ३ गोल गरेको थिाये। ४७औं मिनेटमा सिल्भाले अग्रता दोब्बर बनाए।

५१औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई ३–०को अस्थामा ल्याए। ६३औं मिनेटमा रोनाल्डोले नै गोल गरेपछि पोर्चुगलले खेल ४–०ले जित्यो । योसँगै रोनाल्डोले पोर्चुगलका लागि आफ्नो गोल संख्या १२० पु¥याइएका छन्।

प्रकाशित मिति: ११:२७ बजे, शुक्रबार, चैत १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्