Kathmandu Press

मेसीको ८ सयौं गोलमा अर्जेन्टिनाको जित

अर्जेन्टिनाको राष्ट्रिय टिमका लागि मेसीको यो ९९औं गोल हो भने करिअरको ८ सयौं गोल हो। मेसीले क्लब फुटबलमा ७०१ गोल गरेका छन् ।
मेसीको ८ सयौं गोलमा अर्जेन्टिनाको जित

काठमाडाैं, चैत १० : कप्तान लियोनल मेसीले करियरको ८ सयौं गोल पूरा गरेको खेलमा अर्जेन्टिना विजयी भएको छ। शुक्रबार बिहान मैत्रीपूर्ण खेलमा मेसी प्रेरित अर्जेन्टिनाले पानमामाथि २–०को जित निकाल्यो।

घरेलु मैदान ब्युनर्स आयर्समा भएको खेलमा अर्जेन्टिनाका लागि मेसी र थिएगो अल्मडाले गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अल्माडाले ७८औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। मेसीले ८९औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरेका थिए।

अर्जेन्टिनाको राष्ट्रिय टिमका लागि मेसीको यो ९९औं गोल हो भने करिअरको ८ सयौं गोल हो। मेसीले क्लब फुटबलमा ७०१ गोल गरेका छन् । उनले बार्सिलोनाका लागि ६७२ र पेरिस सेन्ट जर्मेनका लागि २९ गोल गरेका छन् ।

मेसी करियरमा ८ सय गोल पूरा गर्ने दोस्रो खेलाडी बनेका छन्। उनीभन्दा अघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो छन्। उनले ८३० गोल गरेका छन्।

प्रकाशित मिति: ११:१६ बजे, शुक्रबार, चैत १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्