Kathmandu Press

प्रतिनिधिसभाको बैठक बस्दै, सभामुख निर्वाचन पहिलो कार्यसूची

काठमाडौं, माघ ६ : पटक–पटक सूचना टास गरेर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

संसदको पाँचौं अधिवेशन शुरु भएको एक महिनापछ....

प्रतिनिधिसभाको बैठक बस्दै, सभामुख निर्वाचन पहिलो कार्यसूची

काठमाडौं, माघ ६ : पटक–पटक सूचना टास गरेर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

संसदको पाँचौं अधिवेशन शुरु भएको एक महिनापछि प्रतिनिधिसभाको दोस्रो बैठक बस्न लागेको हो । संघीय संसद सचिवालयले आजदेखि नै सभामुख चयनको प्रक्रिया शुरु गर्नेछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै सभामुख चयनको प्रक्रिया शुरु हुने भएको हो । प्रतिनिधिसभामा सत्तारुढ नेकपाको बहुमत भएकाले सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्वाचित हुने पक्कापक्की छ ।

यसअघि सत्तारुढ दल नेकपा भित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति हुन नसक्दा तीन पटक प्रतिनिधिसभा बैठक सूचना टासेर स्थगित हुँदै आएको थियो ।
बैठकको पहिलो कार्यसूचीमा सभामुख निर्वाचन हुनेछ । प्रतिनिधिसभा बैठक सञ्चालन नियममावलीअनुसार उपसभामुखले सोमबार बैठक शुरु हुनुपूर्व नै राजीनामा दिएको अवस्थामा बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ ।

उपसभामुख तुम्बाहाङ्फेले आज संसद बैठक शुरु हुनभन्दा केही समय अघि राजीनामा दिने बताएकी छिन् । उनले राजीनामा दिएपछि बैठकको अध्यक्षता ज्येष्ठ सदस्य ठाकुरले गर्ने छन् ।

प्रकाशित मिति: ०७:५९ बजे, सोमबार, माघ ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्