Kathmandu Press

नवयुगको गोलमा लाओसविरुद्ध नेपाललाई २–०को अग्रता

नवयुगले खेलको ५६औं मिनेटमा लामो दुरीबाट भली गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए ।
नवयुगको गोलमा लाओसविरुद्ध नेपाललाई २–०को अग्रता

काठमाडाैं, चैत ८ : दशरथ रंगशालामा जारी आलोसविरद्धको खेलमा नेपालले २–०को अग्रता बनाएको छ । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितको उद्घाटन खेलमा नवयुग श्रेष्ठले नेपालको अग्रता दोब्बर बनाएका हुन्।

नवयुगले खेलको ५६औं मिनेटमा लामो दुरीबाट भली गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा भतको खवासको स्थानमा मनिष डाँगी मैदान प्रवेश गरेपछि नेपाल आक्रामक बनेको थियो।

त्यसअघि पहिलो हाफको ३०औं मिनेटमा अनन्त तामाङको गोलमा नेपालले अग्रता लिएको थियो । उनले नवीन लामाको कर्नरमा हेडिङमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

थ्री नेसन्स कपमा नेपाल र लाओससँगै भुटान पनि सहभागी छ। सिंगल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन्।

 

प्रकाशित मिति: १९:१८ बजे, बुधबार, चैत ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्