अनन्तको गोलमा पहिलो हाफमा नेपाललाई १–०को अग्रता
अनन्तले ३०औं मिनेटमा नवीन लामाको कर्नरमा हेडिङमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाए।
काठमाडाैं, चैत ८ : प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितको उद्घाटन खेलमा नेपालले लाओसविरुद्ध पहिलो हाफमा १–०को अग्रता लिएको छ।
दशरथ रंगशालामा जारी खेलमा नेपाललाई स्टार डिफेन्डर अनन्त तामाङले अग्रता दिलाए। अनन्तले ३०औं मिनेटमा नवीन लामाको कर्नरमा हेडिङमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाए।
नेपालका लागि अनन्तको यो तेस्रो गोल हो।
खेलमा नेपाल र लाओस दुवैले गोलका अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयो गर्न सकेनन् ।
थ्री नेसन्स कपमा नेपाल र लाओससँगै भुटान पनि सहभागी छ। सिंगल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन्।
प्रकाशित मिति: १८:५४ बजे, बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











