अनन्त तामाङको गोल, लाओसविरुद्ध नेपाललाई अग्रता
दशरथ रंगशालामा जारी खेलमा नेपालले ३०औं मिनेटमा अग्रता लिएको हो। नेपालका लागि अन्नत तामाङले हेडिङमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाए।
काठमाडाैं, चैत ८ : प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितको उद्घाटन खेलमा नेपालले् सुरुआती अग्रता लिएको छ।
दशरथ रंगशालामा जारी खेलमा नेपालले ३०औं मिनेटमा अग्रता लिएको हो। नेपालका लागि अन्नत तामाङले हेडिङमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाए।
उनले नविन लामाको कर्ननरमा गोल गरेका थिए। नेपालका लागि अनन्तको यो तेस्रो गोल हो।
थ्री नेसन्स कपमा नेपाल र लाओससँगै भुटान पनि सहभागी छ। सिंगल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन्।
प्रकाशित मिति: १८:३५ बजे, बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार