Kathmandu Press

एकदिवसीय वरीयतामा नेपाल १५औं स्थानमा

आइसिसी विश्वकप लिग–२को अन्तिम त्रिकोणाात्मक सिरिज क्लिन स्विप गरेपछि नेपाललेृ एकदिवसीय वरीयता सुधार गरेको हो।
एकदिवसीय वरीयतामा नेपाल १५औं स्थानमा

काठमाडौं, चैत ८ : नेपालले आईसिसीको एकदिवसीय वरीयतामा सुधार गरेको छ। आइसिसीले गरेको नयाँ अपडेट अनुसार एकदिवसीय वरीयतामा नेपाल एक स्थानमा माथि उक्लँदै १५औं स्थानमा आइपुगेको छ।

आइसिसी विश्वकप लिग–२को अन्तिम त्रिकोणाात्मक सिरिज क्लिन स्विप गरेपछि नेपाललेृ एकदिवसीय वरीयता सुधार गरेको हो। लिग–२ का पछिल्ला ३ सिरिजका १२ मध्ये ११ खेल जितेको नेपालले एकदिवसीय वरीयतामा पछिल्लो समय ५ स्थान सुधार गरेको छ। 

लिग–२को खेलेका देशमध्ये नेपालभन्दा अघि स्कटल्यान्ड मात्र छ। ऊ १२औं स्थानमा छ। यस्तै, ओमान १६औं, नामिबिया १७औं, अमेरिका १८औं, युएई १९औं र पपुवा न्युगिनी २०औं स्थानमा छन् ।

एकदिवसीय वरीयतामा भारत शीर्ष स्थानमा रहँदा अष्ट्रेलिया दोश्रो, न्युजिल्यान्ड तेश्रो, इंग्ल्यान्ड चौथो र पाकिस्तान पाँचौं स्थानमा छन्। 

यस्तै, दक्षिण अफ्रिका छैठौं, बंगलादेश सातौं, श्रीलंका आठौं, वेस्टइन्डिज नवौं र अफगानिस्तान दशौं स्थानमा छन्।

 

प्रकाशित मिति: १४:५९ बजे, बुधबार, चैत ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्