Kathmandu Press

आत्महत्या दुरूत्साहन मुद्दामा रवि लामिछानेले पाए सफाइ

काठमाडौं, माघ ५ : 'सिधा कुरा जनतासँग' कार्यक्रमका प्रस्तोता रवि लामिछानेले आत्महत्या दुरूत्साहनको मुद्दामा सफाइ पाएका छन्।

....
आत्महत्या दुरूत्साहन मुद्दामा रवि लामिछानेले पाए सफाइ

काठमाडौं, माघ ५ : 'सिधा कुरा जनतासँग' कार्यक्रमका प्रस्तोता रवि लामिछानेले आत्महत्या दुरूत्साहनको मुद्दामा सफाइ पाएका छन्।

चितवन जिल्ला अदालतले आइतबार लामिछानेसहित उक्त मुद्दाका आरोपी तीनै जना प्रतिवादीलाई सफाइ दिएको हो। न्यायाधीश हेमन्त रावलको इजलालसले लामिछानेसँगै पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई सफाइ दिएको हो। 

गत साउन २१ गते चितवनको कंगारू होटलमा झुण्डिएको अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडासैनीले आत्महत्याअघि खचेको भिडियोमा लामिछाने, कँडेल र अस्मिताका कारण आफू आत्महत्या गर्ने स्थिति बनेको बताएका थिए।

सरकारी वकिलको कार्यालयले लामिछानेसहित तीन जनालाई पाँच वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति: १८:०८ बजे, आइतबार, माघ ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्