Kathmandu Press

राष्ट्रिय व्हीलचियर क्रिकेट टिमलाई एनसिएसएसको सहयोग

समाजले समाज कल्याण परिषद राष्ट्रिय अपाङ्ग कोषको कार्यालयमा पुगेर २१ हजार रुपैयाँ टिम लिडर तथा प्रशिक्षक भरतबहादुर कार्कीलाई हस्तान्तरण गरेको छ।
राष्ट्रिय व्हीलचियर क्रिकेट टिमलाई एनसिएसएसको सहयोग

काठमाडाैं, चैत ८ : भारतको गुजरातमा हुने चार देशीय  अन्तर्राष्ट्रिय टि–२० प्रतियोगिता सहभागिता जनाउने राष्ट्रिय व्हीलचियर क्रिकेट टिमलाई नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस)ले आर्थिक सहयोग गरेको छ।

समाजले समाज कल्याण परिषद राष्ट्रिय अपाङ्ग कोषको कार्यालयमा पुगेर २१ हजार रुपैयाँ टिम लिडर तथा प्रशिक्षक भरतबहादुर कार्कीलाई हस्तान्तरण गरेको छ।

एनसिएसएसको तर्फबाट केन्द्रिय अध्यक्ष नारायण पराजुली तथा आजिवन सदस्य सागर पङेनी उपस्थिति  हस्तान्तरण कार्यक्रममा  केन्द्रिय अध्यक्ष नारायण पराजुलीले सम्पूर्ण टिमलाई सफलता शुभकामना साथै आगामी दिनमा पनि व्हिलचियर  क्रिकेट टिम र नेपाली क्रिकेट समर्थक समाजबीच सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

चैत ९ गतेदेखि १५ गते सम्म भारतको गुजरातमा हुने चारदेशिय अन्तर्राष्ट्रिय टि–२० प्रतियोगितामा नेपाल सहित भारत , श्रीलंका र बङगलादेशको सहभागीता रहने छ।

प्रकाशित मिति: ११:०० बजे, बुधबार, चैत ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्