Kathmandu Press

अब पटके सुकुम्बासीको अन्त्य हुन्छ : मन्त्री अर्याल

धनगढी, माघ ५ :  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पटके सकुम्बासीको अन्त्य गर्ने बताएकी छिन्।

भू-उपयोग....

अब पटके सुकुम्बासीको अन्त्य हुन्छ : मन्त्री अर्याल

धनगढी, माघ ५ :  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पटके सकुम्बासीको अन्त्य गर्ने बताएकी छिन्।

भू-उपयोग ऐन तथा प्रस्तावित भूमि सम्बन्धी ऐन कार्यान्वयन एवं सहकारी व्यवस्थापन सम्बन्धी प्रदेश तथा स्थानीय तहका पदाधिकारीसँग मन्त्रालयले आइतबार गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले पटक-पटक सुकुम्बासी हुने कुराको अन्त्य गरिने बताएकी हुन्।

'अब पटके सुकुम्बासीको अन्त्य हुन्छ। सुकुम्बासी एक पटक हुन्छ, पटक-पटक हुँदैन', मन्त्री अर्यालले भनिन्। सबै सुकुम्बासी, भूमिहीन, अव्यवस्थित बसोबासीको समस्या यसै पटक समाधान गरिने मन्त्री अर्यालको भनाइ थियो। भूमि व्यवस्थापन भनेको समग्र भूमिको व्यवस्थापन रहेको बताउँदै उनले भूमि सम्बन्धी समस्या समाधान गर्न सरकार लागिपरेको बताइन्।

विगतमा १२ वटा आयोग बन्दासम्म समस्या समाधान हुन नसकेपनि अब सरकार १३ औं आयोग बनाएर काम सम्पन्न गर्ने तयारीमा रहेको उनले बताइन्। सामाजिक न्यायका निम्ति पनि देशका भूमिहीन, सुकुम्बासीहरुलाई भूमिको मालिक बनाउनुपर्ने भन्दै उनले भूमी ऐन आठौं संशोधनमार्फत भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न खोजेको बताइन्।

प्रकाशित मिति: १५:५८ बजे, आइतबार, माघ ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्