Kathmandu Press

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, चार राज्यमन्त्री थपिए

विराटनगर, माघ ५ : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। 

मुख्यमन्त्री राईले आइतबा....

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, चार राज्यमन्त्री थपिए

विराटनगर, माघ ५ : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। 

मुख्यमन्त्री राईले आइतबार चार जना राज्यमन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्री राईले ओखलढुंगाका अम्बिर गुरुङलाई भौतिक पूर्वाधार, इलामका रामबहादुर मगरलाई भूमि, कृषि तथा सहकारी, मोरङका विजयकुमार विश्वासलाई पर्यटन र झापाकी जसमाया गजमेरलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त राज्यमन्त्रीहरुले आइतबार नै पद तथा गोपनियताको सपथ लिएका छन्।

चार राज्य मन्त्री थपिए पनि मुख्यमन्त्री राईले प्रदेश सरकार गठन भएको दुई भइसक्दा पनि भौतिक योजना तथा पूर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्री नियुक्त गर्न सकेका छैनन्। ती दुवै मन्त्रालयको काम मुख्यमन्त्री राई आफैँले गर्दै आएका छन्।

प्रकाशित मिति: १५:४७ बजे, आइतबार, माघ ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्