Kathmandu Press

नेकपामा पूर्वएमाले र माओवादी भन्ने समूह छैन : प्रवक्ता श्रेष्ठ

कुश्मा, माघ ५ :  सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीमा पूर्वएमाले र पूर्वमाओवादी भन्ने....

नेकपामा पूर्वएमाले र माओवादी भन्ने समूह छैन : प्रवक्ता श्रेष्ठ

कुश्मा, माघ ५ :  सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीमा पूर्वएमाले र पूर्वमाओवादी भन्ने समूह नै नभएको बताएका छन्।

प्रेस सङ्गठनले कुस्मामा आइतबार गरेको पत्रकार सम्मेलनमा उनले पार्टीमा पूर्वसमूह भन्ने नै नरहेको बताएका हुन्।  “पार्टीमा पूर्व समूह भन्ने नै छैन”, उनले भने, “पूर्वसमूह भन्ने विषय अब पार्टीमा इतिहास लेख्ने बेला मात्रै आउँछ।”

पार्टीमा स्थायी गुट र शिविर राख्ने कुरा गलत भएको र आफू त्यसको विपक्षमा रहेको श्रेष्ठको भनाइ छ। “स्थायीरुपमा गुटबन्दी गर्न जरुरी छैन”, उनले भने, “म सधैँ त्यसको विपक्षमा नै छु।”  

उनले मिलेनियम कर्पोरेसन च्यालेञ्ज (एमसीसी) राष्ट्रहितमा हुने गरी पार्टीको सचिवालयले एकमतले निर्णय पारित गर्ने बताए। पार्टीका सचिवालय र स्थायी समितिका सदस्यसमेतले एमसीसीका बारेमा फरक फरक धारणा सार्वजनिक गरेका बेला प्रवक्ता श्रेष्ठले अहिले मत विभाजनको अवस्था देखिए पनि यसका बारेमा पार्टीका नेता कार्यकर्ताको समान धारणा बन्ने दृढता ब्यक्त गरे। 

“एमसीसी राष्ट्रको हितमा हुनेगरी अगाडि बढाइन्छ”, उनले भने, “पार्टी सचिवालयले एकमतले नै पारित गरेर अघि जान्छ।” छलफल हुनु स्वभाविकै भएपनि पार्टीको सचिवालयलाई निर्णय गर्ने अधिकार भएकाले सर्वसम्मत निर्णय भएर जाने विश्वास उनको छ।

उनले कुनै पनि नेता कार्यकर्ताले एमसीसीका विषयमा तनाब लिन आवश्यक नभएको प्रष्ट पारे। उनले सरकार स्वतन्त्र परराष्ट्र नीतिका पक्षमा  भएकाले राष्ट्रहितलाई हेरेर नै अघि बढ्ने बताए। 

प्रकाशित मिति: १५:२८ बजे, आइतबार, माघ ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्