Kathmandu Press

आसिफले जिते अर्को अन्तर्राष्ट्रिय अवार्ड

आसिफलाई इंग्ल्यान्डको मेरलिबोन क्रिकेट क्लब (एमसीसी)ले ‘क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ दिने भएको हो।
आसिफले जिते अर्को अन्तर्राष्ट्रिय अवार्ड

काठमाडाैं, चैत ६ : नेपाली राष्ट्रिय टिमका ओपनर आसिफ सेखले अर्को अन्तर्राष्ट्रि अवार्ड प्राप्त गरेका छन्।

आसिफलाई इंग्ल्यान्डको मेरलिबोन क्रिकेट क्लब (एमसीसी)ले ‘क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ दिने भएको हो।

गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी–२० सिरिजका क्रममा आयरल्यान्डविरुद्धको खेलमा देखाएको खेल भावनाको कदर गर्दै एमसिसीले उनलाई यो अवार्ड दिने घोषणा गरेको हो।

त्यो खेलमा आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिनेक्रममा नेपाली बलर कमल सिंह ऐरीसँग अल्झिएर लड्न पुगेपछि आसिफले रन आउट गरेका थिएनन् । आसिफको उक्त खेल भावना नेपालमात्र नभएर अन्तर्राष्ट्रिय विश्व चर्चित मिडिया र समर्थकले खुलेर प्रशंसा गरेका थिए ।

यही खेल भावनाका लागि आसिफले आईसीसी स्प्रिट अफ द क्रिकेट इयर अवार्ड पनि प्राप्त गरेका थिए।

प्रकाशित मिति: २०:४५ बजे, सोमबार, चैत ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्