Kathmandu Press

गायिका आस्था राउतलाई पक्राउ गर्न अनुमति

काठमाडौं, माघ ५ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ।

अभद्र व्यवहार सम्बन्धी ....

गायिका आस्था राउतलाई पक्राउ गर्न अनुमति

काठमाडौं, माघ ५ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ।

अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार प्रहरीलाई अनुमति दिएको हो। जिल्ला प्रशासन कार्यालयले पक्राउ गर्न अनुमति दिएसँगै गायिका राउत प्रहरीको फरार सूचीमा परेकी छिन्। 

झापाको भद्रपुर जाने क्रममा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका क्रममा गायिका राउतले दुव्र्यवहार गरेको भन्दै प्रहरी जवान रमिसा श्रेष्ठले अभद्र व्यवहार कसुर अन्तर्गतको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंमा दर्ता गराएकी थिइन्।

तर, गायिका राउतले भने विमानस्थलमा आफूलाई प्रहरीले चेकजाँचका क्रममा आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाउँदै भिडियो सन्देश जारी गरेकी थिइन्।

महानगरीय प्रहरी परीसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले विमानस्थलमा प्रहरी जवान श्रेष्ठमाथि भएको अभद्र व्यवहारका विषयमा  राउतलाई पक्राउ गरी अनुसन्धान गरिने बताए। जिल्ला प्रशासन कार्यालयले अनुमति दिएपछि राउत प्रहरीको फरार सूचीमा परेको र उनको खोजी सुरु भएको एसएसपी सुवेदीले बताए।

गायिका आस्थाविरुद्ध प्रहरी कर्मचारीलाई दुव्र्यवहार गरेको प्रारम्भिक प्रतिवेदनलाई आधार बनाएर मुद्दा दर्ता गरिएको थियो। सीसीटिभी फुटेज र आस्थाले फेसबुकमा सार्वजनिक गरेको भिडियोलाई पनि प्रारम्भिक प्रतिवेदनमा राखिएको जनाएको छ।
 

प्रकाशित मिति: १५:२३ बजे, आइतबार, माघ ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्