Kathmandu Press

अग्नि सापकोटालाई सभामुखकाे उम्मेदवार बनाउने तयारी

काठमाडौं, माघ ५ : नेकपा स्थायी समिति सदस्य अग्नि सापकोटालाई प्रतिनिधिसभाको सभामुखको उम्मेदवार बनाउने तयारी भएकाे छ। त्यसका लागि निर्णय गर्न नेकपा....

अग्नि सापकोटालाई सभामुखकाे उम्मेदवार बनाउने तयारी

काठमाडौं, माघ ५ : नेकपा स्थायी समिति सदस्य अग्नि सापकोटालाई प्रतिनिधिसभाको सभामुखको उम्मेदवार बनाउने तयारी भएकाे छ। त्यसका लागि निर्णय गर्न नेकपा सचिवालय बैठक डाँकिएको छ।

नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो। छलफलमा सापकोटालाई सभामुखको उम्मेदवार बनाउने सहमति भएको स्रोतले जनाएको छ।

दुवै अध्यक्षबीच सहमति भएपछि नेकपा सचिवालय बैठक अपराह्न ४ बजे बोलाएको हो। दुवै अध्यक्षबीच नेकपा स्थायी समिति सदस्य सापकोटालाई सभामुख बनाउन सहमति भएको स्रोतले जनाएको छ। त्यसलाई निर्णय गराउन सचिवालय बैठक बोलाइएको नेकपा स्रोतले जनाएको छ।

सुरुवातमा प्रधानमन्त्री ओली असहमति राख्दै आएका थिए। तर, पूर्वमाओवादी समूहले अडान लिएपछि सापकोटालाई उम्मेदवार बनाउन प्रधानमन्त्री ओली तयार भएको जनाएको छ।

नेकपाले सभामुखको उम्मेदवार तय नगर्दा संसद् बैठक स्थगित हुँदै आएको छ। तीन पटक सूचना टाँसेर बैठक स्थगित गरिएको छ। संसद्को अर्को बैठक माघ ६ गते बोलाइएको छ।

 

प्रकाशित मिति: १३:३२ बजे, आइतबार, माघ ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्