Kathmandu Press

एमसीसी जसरी पनि संसद्‍बाट अनुमोदन हुन्छ : देउवा

दाङ, माघ ५ : कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोग एमसीसी परियोजना संसदबाट जसरी पनि अनुमोदन हुने बताएका छन्।

मुलुकको भौतिक ....

एमसीसी जसरी पनि संसद्‍बाट अनुमोदन हुन्छ : देउवा

दाङ, माघ ५ : कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोग एमसीसी परियोजना संसदबाट जसरी पनि अनुमोदन हुने बताएका छन्।

मुलुकको भौतिक पूर्वाधारमा ठूलो सहयोग पुग्ने यो परियोजनालाई अस्वीकार गर्नु गलत हुने उनले बताए। आईतबार नेपाल प्रेस युनियन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले एमसीसी जसरी पनि संसदबाट पास गराउन आफू लागि पर्ने बताएका हुन्। ‘एमसीसी पास गर्नका लागि कडा मेहनत गर्ने छु,’ देउवाले भने।

आफ्नो नेतृत्वको सरकारका पालामा सम्झौता भएको एमसीसी धेरै राम्रो योजना भएको तर केहीले अनावश्यक विवाद सिर्जना गरेको उनको भनाइ थियो।  ‘यो परियोजनाको प्रक्रिया मेरो पालामा भएको हो, यो परियोजनालाई जसरी पनि पास गराउनु पर्छ,’ देउवाले भने,  ‘यो विषयमा अरु दायाँ बायाँ केहि हुँदैन।’

कांग्रेसले नै यो परियोजनालाई पास गराउनका लागि पहल गर्ने आधिकारीक निर्णय नै गरिसकेकाले पनि परियोजनाको पक्षमा कडा रुपमा उभिएको बताए।

एक फरक प्रसंगमा देउवाले पार्टीभित्रको विवादको कारक आँफू नभएको बताए। पार्टीका कसैलाई पनि आँफूले चिढ्याउने काम नगरेको भन्दै देउवाले पार्टीभित्रको विवादको दोषी आँफूलाई देख्न नहुने उनको भनाइ थियो। 

‘म कसैसँग पनि रिसाएको छैन, न त मैले कसैलाई पेलेर जाने काम नै गरेको छु,’ उनले भने ‘रिसाउनेहरु किन रिसाएका छन्? उनिहरुलाई सोध्नुस्, मबाट एकलौटी काम केहि पनि भएको छैन।’

प्रकाशित मिति: १३:१६ बजे, आइतबार, माघ ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्