Kathmandu Press

घरेलु मैदानमै रेनेससँग पीएसजी पराजित

आइतबार राति भएको खेलमा पीएसजीले घरेलु मैदानमै रेनेससँग २–० ले स्तब्ध पराजित भएको हो । जारी सिजन पीएसजी घरेलु मैदानमा हारेको यो पहिलोपटक हो ।
घरेलु मैदानमै रेनेससँग पीएसजी पराजित

काठमाडौं, चैत ६ : स्टार खेलाडीले भरिएको पेरिस सेन्ट जर्मेन (पीएसजी) रेनेससँग २–० ले  पराजित भएको छ । 

आइतबार राति भएको खेलमा पीएसजीले घरेलु मैदानमै रेनेससँग २–० ले स्तब्ध पराजित भएको हो । जारी सिजन पीएसजी घरेलु मैदानमा हारेको यो पहिलोपटक हो ।

हारका बाबजुद पीएसजीले दोस्रो स्थानको मार्सेभन्दा सात अंकले आगाडि छ । मार्से पनि गएराति भएको खेलमा रिेम्ससँग २–१ ले पराजित भएको थियो । पीएसजीको २८ खेलबाट ६६ अंक छ भने समान खेलबाट ५९ अंक छ । पराजित रेनेस ५० अंकका साथ पाँचौँ स्थानमा छ ।

पीएसजी ९ मार्चमा पनि बायर्न म्युनिखसँग २–० तथा समग्रमा ३–० ले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो । पीएसजी गत फेब्रुअरीमा फ्रेन्च कपबाट पनि बाहिरिसकेको छ ।

फ्रेन्च कप र च्याम्पियन्स लिगबाट बाहिरिएपछि लिगमा मात्र केन्द्रित भएको पीएसजीलाई गएराति फेरी अर्को धक्का लागेको हो ।

गएराति पाहुना टोली रेनेसले ४५औँ मिनेटमा कार्ल टोको इकाम्बीको गोलबाट अग्रता लिएको थियो । ४८औँ मिनेटमा अर्नाउड कालिमुएन्डो–मुइन्गाले रेनेसको अग्रता दोब्बर बनाएका थिए ।

प्रकाशित मिति: ०८:३९ बजे, सोमबार, चैत ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्