Kathmandu Press

पाठकलाई अव महाभियोग लगाऊ : विवेकशील नेपाली दल

काठमाडौं, फागुन ३ : विवेकशील नेपाली दलले घुस लिएको विवादमा आजै राष्ट्रपति समक्ष राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठ....

पाठकलाई अव महाभियोग लगाऊ : विवेकशील नेपाली दल

काठमाडौं, फागुन ३ : विवेकशील नेपाली दलले घुस लिएको विवादमा आजै राष्ट्रपति समक्ष राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई संसदबाट महाभियोग लगाएर दण्डित गर्न माग गरेको छ ।  

शुक्रबार विवेकशील नेपाली दलका प्रवक्ता मिलन पाण्डेले जारी गरेको प्रेस विज्ञप्तिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त पाठकले आफैँले घुस मागेको र लिएको प्रमाणहरु बाहिर सञ्चार माध्यमहरु आएका उल्लेख गर्दै दण्डित गर्न माग गरेको हो । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तजस्तो जिम्मेवार पदमा रहेर पनि यस्तो अनैतिक तथा गैर कानूनी काम गर्नु सामान्य घटना होइन’ विज्ञप्तिमा भनिएको छ, ।  

अहिलेसम्मको अभ्यासलाई हेर्दा भ्रस्टाचारका घटनाहरुमा आरोपितलाई राजीनामा दिन लगाएर विषयलाई सेलाउन दिने गरिएको भन्दै यसले दण्डहिनतालाई प्रश्रय दिने विज्ञप्तिमा जनाइएको छ । यस्ता प्रवृत्तिले सुशासन स्थापित हुन नसक्ने र राजनीतिमा राम्रो संस्कार बस्न नसक्ने विज्ञप्तिमा जनाइएको छ । 

प्रकाशित मिति: १८:२८ बजे, शुक्रबार, फागुन ३, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्