Kathmandu Press

बाह्रबिसे बजारमा कर्फ्यू, पाँच जनाभन्दा बढी हिडडुलमा रोक

सिन्धुपाल्चोक, माघ ५ : सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा आज बिहानदेखि कफर््यू लगाइएको छ। स्थानीय प्रशासनले पाँच जनाभन्दा बढी हिडडुलमा रोक लगाएको जनाएको....

बाह्रबिसे बजारमा कर्फ्यू, पाँच जनाभन्दा बढी हिडडुलमा रोक
फाइल फाेटाे

सिन्धुपाल्चोक, माघ ५ : सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा आज बिहानदेखि कफर््यू लगाइएको छ। स्थानीय प्रशासनले पाँच जनाभन्दा बढी हिडडुलमा रोक लगाएको जनाएको छ।

बाह्रबिसे नगरपालिकाले सडक मिचेर दायाँबायाँ बनाएका घरटहरा भत्काउदा झडप भएको थियो। झडप बढ्दै जाने सक्ने भएकाले आइतबार बिहान ८ बजेदेखि साँझ ५ बसेसम्म कर्फ्यू लगाएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार, यो समयमा पाँच जनाभन्दा बढी हिडडुल गर्न रोक लगाइएको छ।

स्थानीय प्रशासनका अनुसार, बाह्रबिसे बजारको पूर्वतर्फ तीन सय मिटर, पश्चिमतर्फ भोटेकोशी पुल, उत्तरतर्फ इलाका प्रहरी कार्यालय र दक्षिणतर्फ क्षमादेवी जाने बाटोसहितको चार किल्लाभित्र पाँच जनासम्म भेला भएर हिँडडुल गर्न नपाइने गरी कर्फ्यू लगाइएको  प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन्।

बाह्रबिसे नगरपालिकाले सडक साँघुरो हुने गरी वर्षौंदेखि सडक मिचेर दायाँबायाँ बनाएको घरटहरा भत्काउन पटकपटक सूचना जारी गरेको थियो। सूचनालाई अटेर गरेपछि नगरपालिकाले शुक्रबार डोजर प्रयोग गरी घरटहरा भत्काएको थियो। घरटहरा भत्काउदा झडपसमेत भएको थियो।

आज पनि झडपको अवस्था नआवस भनेर कर्फ्यू लगाइएको स्थानीय प्रशासनले जनाएको छ।

प्रकाशित मिति: १०:०९ बजे, आइतबार, माघ ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्