थोराङ्ला पास गएका चार चिनियाँ पर्यटक सम्पर्कविहीन
मनाङ, माघ ४ : मनाङमा चार चिनियाँ पर्यटक सम्पर्कविहीन भएका छन्। विश्वविख्यात चक्रिय अन्नपूर्ण पदमार्ग अन्तर्गत ५४१६ मिटर उचाइको थोराङ्ला पास ....

मनाङ, माघ ४ : मनाङमा चार चिनियाँ पर्यटक सम्पर्कविहीन भएका छन्। विश्वविख्यात चक्रिय अन्नपूर्ण पदमार्ग अन्तर्गत ५४१६ मिटर उचाइको थोराङ्ला पास गर्न गएका चार चिनियाँ पर्यटक सम्पर्कविहिन भएका हुन्।
उनीहरु गत पुस २७ मा थोराङला पास गर्नका लागि गएका थिए। तर, उनीहरुले अहिलेसम्म थोराङला पास नगरेको र फिर्ता पनि नभएको प्रहरीले जनाएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको मनाङ ङिस्याङ गाउँपालिका–९ मा रहेको कार्यालयलाई उद्धृत गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीका अनुसार हृवाङ यिविन, क्याटसियु टिङ र माक्वीआन्ली र अन्वद झाड सम्पर्कविहीन भएका हुन्।
घटनाबारे जानकारी आउनासाथ हुम्दे प्रहरी चौकीबाट खोजीका लागि प्रहरी खटाइएको उनले जानकारी दिए। एक्याप मनाङका कार्यालय प्रमुख वावुलाल तिरुवाले भने अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा बसोबास गरेको हुन सक्ने बताएका छन्। मनाङको माथिल्लो क्षेत्रमा सञ्चारका सबै सेवा अबरुद्ध छन्।











