Kathmandu Press

हालान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

सिटीको जितमा र्लिङ हालान्डले ह्याट्रिक गरे। हालान्डको गोलमा पहिलो हाफमा सिटी २–० गोलले अघि रह्यो। ३२ औँ मिनेटमा युलियन अल्भारेजले दिएको पासमा उनले सिटीको खाता खोले।
हालान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

काठमाडौं, चैत ५ : म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिटीले बर्न्लीलाई ६–० गोलको फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो। 

सिटीको जितमा र्लिङ हालान्डले ह्याट्रिक गरे। हालान्डको गोलमा पहिलो हाफमा सिटी २–० गोलले अघि रह्यो। ३२ औँ मिनेटमा युलियन अल्भारेजले दिएको पासमा उनले सिटीको खाता खोले। त्यसको तीन मिनेपछि उनकै गोलमा सिटीले अग्रता बनायो। ५९ औँ मिनेटमा हालान्डले ह्याट्रिक पूरा गरे। 

६२ र ७३ औँ मिनेटमा युलियन अल्भारेजले गोल गर्दै सिटीलाई ५–० गोलले अघि राखे। ६८ औँ मिनेटमा कोल पाल्मरले गोल गर्दै टिमको ६–० गोलको जित सुनिश्चित गरे। सिटी सात सिजनमा छैटौँ पटक एफए कपको सेमिफाइनलमा प्रवेश गरेको हो। 

अब सिटीले फाइनल प्रवेशका लागि ग्रिस्बी टाउन अथवा प्रिमियर लिग प्रतिद्वन्द्वी ब्राइटनसँग भिड्नेछ। 

प्रकाशित मिति: ०८:५२ बजे, आइतबार, चैत ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्