बेपत्ता छानविन आयोगमा अध्यक्षमा सुवेदी र सत्य निरुपणमा भट्टको नाम सिफारिस
काठमाडौं, माघ ४ : वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदीको र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्टको ....

काठमाडौं, माघ ४ : वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदीको र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्टको नाम सिफारिस भएको छ।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र अध्यक्ष रहेको सिफारिस समितिले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा सुवेदीको सिफारिस गरेको स्रोतले जनाएको छ।
समितिले शनिबार कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललाई दुवै आयोगका अध्यक्ष र पाँच–पाँच सदस्यको सिफारिससहितको प्रतिवेदन बुझाएको मन्त्रालयका सहायक प्रवक्ता एवं उपसचिव कमलराज गौतमले जानकारी दिए।
स्रोतका अनुसार बेपत्ता व्यक्तिको छानविन आयोगको सदस्यमा विष्णु भण्डारी, सुनिल रञ्जन सिंह, डा. गंगाधर अधिकारी र सरिता थापाको नाम सिफारिस भएको छ।
यस्तै, सत्य निरुपण तथा मेलमिलाप आयोगको सदस्यमा प्रचण्डमान श्रेष्ठ, गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस भएको स्रोतले जनाएको छ। उनीहरुको नाम दलीय भागबण्डाकै आधारमा सिफारिस गरिएको हो।
यसअघि शनिबार बिहान दुई आयोग गठनका विषयमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भएको थियो।
गत २०७५ चैत ११ सरकारले वेपात्ता व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्यहरु सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश मिश्रको अध्यक्षतामा पाँच सदस्यीय सिफारिस समिति गठन गरेको थियो।
समितिले झण्डै १० महिनापछि शनिबार दुवै आयोगका अध्यक्ष र सदस्यको नाम सिफारिस गरेको हो।
हेर्नुस् विज्ञप्ति :












