Kathmandu Press

ए डिभिजन लिग फुटबल : आर्मीकाे दोस्रो जित

च्यासल मैदानमा शनिबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले हराउँदै आर्मीले दोस्रो जित निकालेको हो।
ए डिभिजन लिग फुटबल : आर्मीकाे दोस्रो जित

काठमाडाैं, चैत ४ : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ।

च्यासल मैदानमा शनिबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले हराउँदै आर्मीले दोस्रो जित निकालेको हो।

Hardik ivf

खेलको छैटौं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्स क्लबलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको २४ औं मिनेटमा गिल्स्पे जंग कार्कीले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए। त्यसपछि खेलको इन्जुरी समयमा दिपक गुरुङले गोल गर्दै आर्मीलाई २–१ को जित दिलाए। जितसँगै आर्मीले ५ खेलमा ८ अंक जोडेको छ। फ्रेन्ड्सले ५ खेलमा ४ अंक जोडेको छ।

त्यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा न्युरोड टिम एनआरटीसँग १–१ गोलको बराबरी खेल्दै पुलिसले पहिलो अंक जोडेको छ। खेलको ६४ औं मिनेटमा दोस्रो हाफमा मैदान छिरेका सन्जिब विष्टले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए।

तर, खेलको ७५ औं मिनेटमा प्रताप गुरुङले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा ल्याए। पहिलो अंक जोडेसँगै पुलिसले ५ खेलमा १ अंक जोडेको छ। पुलिस अंक तालिकाको पुछारमा रहेको छ। एनआरटीले ५ खेलमा २ अंक जोडेको छ। 

प्रकाशित मिति: १७:२४ बजे, शनिबार, चैत ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्