Kathmandu Press

कांग्रेसभित्र केन्द्रीय तहदेखि एकता आवश्यक : भण्डारी

दमाैली, माघ ४ :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले पार्टीभित्र केन्द्रीय तहदेखि नै एकता आवश्यक रहेको बताएका ....

कांग्रेसभित्र केन्द्रीय तहदेखि एकता आवश्यक : भण्डारी
फाइल

दमाैली, माघ ४ :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले पार्टीभित्र केन्द्रीय तहदेखि नै एकता आवश्यक रहेको बताएका छन्।

कांग्रेस तनहुँको सुदृढीकरण अभियानअन्तर्गत व्यास नगरपालिका–४ मा शनिबार आयोजित कार्यक्रममा उनले केन्द्रीय तहमा नै नेताहरु एक हुन नसक्दा जिल्लास्तरमा पनि त्यो रोग देखापरेको टिप्पणी गरेका हुन्।

“केन्द्रीय तहबाटै नेताहरुबीच एकताको सन्देश दिन आवश्यक छ”, भण्डारीले भने, “तबमात्र तल्लो तहसम्म कार्यकर्ताबीच सुमधुर सम्बन्ध कायम गर्न सकिन्छ।” उनले केन्द्रमा नमिल्ने र तल्लो तहमा मात्रै कार्यकर्तालाई मिल्न दबाब दिनु उचित नभएको बताए।

बहुमतसहितको सरकार रहेको वर्तमान समयमा कांग्रेस कमजोर अवस्थामा रहेकाले पार्टीलाई बलियो बनाउने गरी काम गर्नुपर्नेमा भण्डारीको जोड थियो। मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का विषयमा पार्टीभित्रै मतभेद रहेकाले यसलाई पारित गर्नेबारे अझै पनि छलफल गर्न आवश्यक रहेको भण्डारीले बताए। 

प्रकाशित मिति: १५:०३ बजे, शनिबार, माघ ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्