ब्याडमिन्टनमा निर्मल पण्डित र सुदीप दाहालको जोडी विजयी
शनिबार भएको फाइनलमा खगेन्द्र भाट र नरेन्द्र श्रेष्ठको जोडीलाई पराजित गर्दै पण्डित र दाहालको जोडीले उपाधि जितेका हुन्।
काठमाडौं, चैत ४ : काठमाडौंको देवीनगर क्लबद्वारा आयोजित आन्तरिक ब्याडमिन्टन प्रतियोगीताको उपाधि निर्मल पण्डित र सुदिप दाहालको जोडीले जितेका छन्।
शनिबार भएको फाइनलमा खगेन्द्र भाट र नरेन्द्र श्रेष्ठको जोडीलाई पराजित गर्दै पण्डित र दाहालको जोडीले उपाधि जितेका हुन्।
उनीहरुले २१–१७, २१–१७ ले जित हासिल गरेका थिए। प्रतियोगीतामा बिजयी खेलाडीलाई नगद २० हजार सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो भने दोश्रो हुनेलाई १० हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रतियोगीतामा ३२ जोडीले सहभागिता जनाएका थिए।
प्रकाशित मिति: १६:३८ बजे, शनिबार, चैत ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार