Kathmandu Press

भूमिहीन र सुकुम्वासीको समस्या समाधान छिट्टै : मन्त्री अर्याल

धनगढी, माघ ४ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जमीनको अधिकतम उपयोग गरी उत्पादकत्व वृद्धि गर्न सकिएमा देशमा आर्....

भूमिहीन र सुकुम्वासीको समस्या समाधान छिट्टै : मन्त्री अर्याल
फाइल

धनगढी, माघ ४ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जमीनको अधिकतम उपयोग गरी उत्पादकत्व वृद्धि गर्न सकिएमा देशमा आर्थिक समृद्धि आउने बताएका छन्।
  
कैलालीको धनगढीमा शनिबार आयोजित मन्त्रालयअन्तर्गत भूमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालयको आर्थिक वर्ष २०७५-७६ को प्रगति समीक्षा गोष्ठीमा उनले भनिन्, “समृद्ध नेपाल निर्माणका लागि भूमि व्यवस्थापन पहिलो सर्त हो।” 

मन्त्री अर्यालले भूमिको व्यवस्थापन गर्दै यससँग जोडिएका निम्नस्तरका जनतालाई सामाजिक न्याय प्रदान गर्नका लागि भूउपयोग ऐनको आठौँ संशोधन गरिएको स्पष्ट पार्दै ऐनको संशोधनमार्फत भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्या समाधान हुने बताइन्। 

मन्त्री अर्यालले कर्मचारीले कुनै दलको पक्षधर नभएर राष्ट्रवादी र जनताको पक्षधर भएर काम गर्न निर्देशन पनि दिइन्। सुदूरपश्चिम प्रदेशस्तरीय गोष्ठीमा प्रदेशका नौवटै जिल्लाका भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयका प्रमुखको सहभागिता रहेको छ। रासस

प्रकाशित मिति: १४:२५ बजे, शनिबार, माघ ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्