Kathmandu Press

एमसीसीबारे नेकपाले छिट्टै निर्णय लिन्छ : प्रवक्ता श्रेष्ठ

बेनी, माघ ४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे....

एमसीसीबारे नेकपाले छिट्टै निर्णय लिन्छ : प्रवक्ता श्रेष्ठ

बेनी, माघ ४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीले छिट्टै आवश्यक निर्णय लिने बताएका छन्।

प्रेस सङ्गठन म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपालको विद्युत् प्रशारणलाइन र सडक स्तरोन्नतिका लागि अमेरिकाले घोषणा गरेको सहयोग प्रस्ताव एमसीसीलाई संसद्बाट पारित गराउने विषयमा सत्तारुढ दल नेकपाभित्रै विवाद उत्पन्न भइरहेको सन्दर्भमा राष्ट्रियहितलाई केन्द्रमा राखेर निर्णय गरिने बताएका हुन्।

“पार्टीको सचिवालय बैठकले राष्ट्रिय स्वाधीनता र विकासलाई ध्यान दिएर यथार्थपूर्वक ढङ्गबाट एमसीसी प्रस्तावबारे आवश्यक निकास निकाल्ने छ”, प्रवक्ता  श्रेष्ठले भने, “अब लामो समयसम्म एमसीसी प्रस्तावलाई के गर्ने भनेर बस्ने अवस्था रहँदैन, पार्टीको सचिवालय बैठकलाई निर्णय गर्ने निर्देशन भएको छ, अब बस्ने बैठकले यसबारे निष्कर्षमा पुर्‍याउँछ।” 

सभामुख चयनबारे देखिएको अन्र्यौलताले छिट्टै निकास पाउने पनि उनले जानकारी दिए। उनले वर्तमान सरकारले मुलुकमा हुँदै आएका र भएका बेतिथि तथा गलत कार्यको छानबिन गरी बास्तविकता बाहिर ल्याउने कार्य गरेको बताए।  

प्रकाशित मिति: १४:१८ बजे, शनिबार, माघ ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्