Kathmandu Press

पोखरामा बसको ठक्करबाट युवतीको मृत्यु

पोखरामा बसको ठक्करबाट युवतीको मृत्यु
Hardik ivfHardik ivf

कास्की, चैत ३ : पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।

आज बिहान नगरबसले ठक्कर दिँदा स्कुटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गामा ग १ ख ७१०८ नंको बसले कार्कीले चलाइरहेको ग ९ प ९९८९ नंको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।
 
कार्कीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए। बसचालक सागर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रकाशित मिति: १०:२५ बजे, शुक्रबार, चैत ३, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्