Kathmandu Press

सेक्सले महिलाको महिनावारी ढिलो रोकिने 

यौन सम्पर्क नियमित राखे मिनोपज अर्थात् महिनावारी बन्द हुने उमेरका महिलाको मिनोपज ढिलो हुने अनुसन्धाताले बताएका छन्।

महिनामा एकभन्दा थोरै यौन सम्पर्क राख्ने म....

सेक्सले महिलाको महिनावारी ढिलो रोकिने 

यौन सम्पर्क नियमित राखे मिनोपज अर्थात् महिनावारी बन्द हुने उमेरका महिलाको मिनोपज ढिलो हुने अनुसन्धाताले बताएका छन्।

महिनामा एकभन्दा थोरै यौन सम्पर्क राख्ने महिलाको तुलनामा सातामा कम्तिमा एक पटक यौन सम्पर्क राख्ने महिलाको मिनोपजमा प्रवेश गर्ने सम्भावना २८ प्रतिशतले कम हुने रोयल सोसाइटी ओपन साइन्स जर्नलमा उल्लेख गरिएको छ।

“जीवनको मध्यतिर प्रवेश गर्दै गरेका महिलाले थोरै वा अनियमित यौन सम्पर्क राखे शरिररले सम्भावित गर्भधारणको सङ्केत पाउने छैन,” युनिभर्सिटी कलेज लन्डनका वैज्ञानिकद्वय मेगन आर्नोट र रूथ मेसले लेखेका छन्।

यो सिद्धान्त अनुसार त्यस्ता महिलाका लागि तन्दुरूस्तिको दृष्टिकोणबाट प्रजनन क्षमता रोक्ने र भएका सन्तानमा उर्जा लगानी गर्नु उपयुक्त हुने देखिन्छ।
अविवाहित वा सम्बन्ध विच्छेद गरेकी महिलाभन्दा विवाहित महिलाको महिनावारी ढिलो बन्द हुनुमा पुरूषको फेरोमोनको भूमिका रहेको अघिल्ला अनुसन्धानले देखाएका छन्। यो प्राकृतिक रसायनले विपरीत लिङ्गीलाई आकर्षित गर्दछ।

यो सिद्धान्तको सत्य पत्ता लगाउन आर्नोट र मेसले झण्डै तीन हजार अमेरिकी महिलाको तथ्याङ्क परीक्षण गरे। एसडब्लयुएन नाम दिइएको उक्त परियोजना मिनोपजसँगै देखापर्ने जैविक तथा मनोवैज्ञानिक तथ्याङ्कको संकलन र परिवर्तन पत्ता लगाउन तयार गरिएको थियो।

अध्ययनमा सहभागी महिलाको औसत उमेर ४६ वर्ष थियो। कसैको पनि महिवारी बन्द भएको थिएन। तर आधाभन्दा कम महिलामा त्यसका लक्षण देखा परेका थिए। गएको दशकमा सहभागी महिलामध्ये ४५ प्रतिशतले ५२ वर्षको उमेरमा प्राकृतिक मिनोपज भएको अनुभव गरे। अध्ययनकै क्रममा झण्डै ७८ प्रतिशत महिला विवाहित वा कुनै पुरूषसँग सम्बन्धमा थिए भने ६८ प्रतिशत प्रेमीसँगै बस्थे।

यौन सम्पर्कको दर र मिनोपज सुरू हुने बिन्दुबीच बलियो सम्बन्ध भएको अनुसन्धाताले पत्ता लगाएका छन्। अनुसन्धानमा सबै विपरीत लिङ्गी सम्बन्ध थिए। त्यसैले समलिङ्गी सम्बन्धको पनि उस्तै प्रभाव हुने नहुनेबारे केहि जानकारी उपलब्ध छैन।

“फेरोमोनको परिकल्पनाबारे हामीले कुनै प्रमाण फेला पारेका छैनौं,” उनीहरूको निष्कर्ष थियो।
 

प्रकाशित मिति: ०८:४० बजे, शनिबार, माघ ४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्