ए डिभिजन लिग फुटबल : शीर्ष स्थानमा उक्लियाे सातदोबाटो
ललितपुरस्थित च्यासल मैदानमा बिहीबार एफसी खुमलटारलाई २–१ गोल अन्तरले हराउँदै सातदोबाटो शीर्ष स्थानमा उक्लिएको हो।
काठमाडौं, चैत २ : सातदोबाटो युथ क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।
ललितपुरस्थित च्यासल मैदानमा बिहीबार एफसी खुमलटारलाई २–१ गोल अन्तरले हराउँदै सातदोबाटो शीर्ष स्थानमा उक्लिएको हो।
सातदोबाटोको जितमा दिपक सिंह ठकुरी र सर्डोरबेक मतमुरातोभले एक एक गोल गरे। खुमलटारका राजिब लोप्चनले एक गोल फर्काए। शीर्ष स्थानमा उक्लिएको सातदोबाटोको यो तेस्रो जित हो। सातदोबाटोले ५ खेलमा १२ अंक जोडेको छ।
खुमलटारले ५ खेलमा ६ अंक जोडेको छ। त्यस्तै बिहीबार नै एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
बराबरीसंगै संकटाको ५ खेलबाट ६ अंक पुगेको छ। हिमालयन शेर्पाको ५ खेलबाट ५ अंक छ। प्रतियोगीता अन्तर्गत शुक्रबार चर्च व्वाइज र मच्छिन्द्र तथा थ्रि स्टार र जावलाखेल क्लवबीच प्रतिष्पर्धा हुने छ।











