दबाबमा नेपाल, अर्धशतक बनाएर आउट भए आरिफ
३११ रनको विशाल लक्ष्य पछ्याइरहेको नेपालले महत्वपूर्ण विकेट गुमाएपनि जित्ने सम्भावना टरिसकेको छैन ।
काठमाडौं, चैत २ : आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले छैटौं विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा ३९ औं ओभरको दोस्रो बलमा नेपालले आरिफ शेखलाई गुमाएको हो ।
आरिफ शेख अर्धशतक बनाउँदै आउट भएका हुन् । उनले ६२ बलमा २ चौका प्रहार गर्दै ५२ रन बनाए । आरिफको विकेटपछि नेपाली टोली दबाबमा छ । ३११ रनको विशाल लक्ष्य पछ्याइरहेको नेपालले महत्वपूर्ण विकेट गुमाएपनि जित्ने सम्भावना भने टरिसकेको छैन ।
आरिफको विकेटपछि दिपेन्द्रसिंह क्रिजमा आएका छन् । उनलाई गुल्सन झाले साथ दिनेछन् । ३९ ओभरको समाप्तिमा नेपाल २२९ रन बनाएर खेलिरहेको छ ।
प्रकाशित मिति: १७:०८ बजे, बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











