Kathmandu Press

गुल्सन झाको चौकामा नेपालले कटायो २०० रन 

खेलको ३७ औं ओभर सुरु हुँदा नेपालले २०७ रन बनाएको छ ।
गुल्सन झाको चौकामा नेपालले कटायो २०० रन 

काठमाडौं, चैत २ : युएईविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले २०० रन कटाएको छ ।

खेलको ३५.३ ओभरमा गुल्सन झाको चौकासँगै नेपालले २०० रन कटाएको हो । टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपाललाई जितका लागि ३११ रनको लक्ष्य दिएको छ । 

आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहितकुमार पौडेले जस्ता महत्वपूर्ण ब्याट्सम्यान आउट भएपछि दबाबमा रहेको नेपाललाई भीम सार्कीले खेलमा फर्काउन सके । सार्की ६७ रन बनाएर आउट भएका थिए । कुशल भुर्तेल ५० रन बनाउँदै आउट भएका थिए। 

खेलको ३७ औं ओभर सुरु हुँदा नेपालले २०७ रन बनाएको छ । क्रिजमा गुल्सन झा र आरिफ शेख ब्याटिङ गरिरहेका छन् । आरिफ ४३ रन बनाएर खेलिरहँदा गुल्सन झाले १६ रन बनाएका छन् । 

नेपालको तर्फाबाट दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने र ललितनारायण राजवंशीले ब्याटिङ गर्न बाँकी छ। 

प्रकाशित मिति: १६:५१ बजे, बिहीबार, चैत २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्