नेपालको पाचौं विकेट गुम्यो, ६७ रन बनाउँदै आउट भए भीम सार्की
कुल ७६ बल खेलेका भीम ९ चौकाको मद्दतबाट ६७ रन बनाउँदै आउट भए ।
काठमाडौं, चैत २ : आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम खेलमा युएईविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पाचौंं विकेट गुमाएको छ ।
महत्वपूर्ण विकेट गुमिसकेको अवस्थामा सम्हालेर खेलिरहेका मध्यक्रमका ब्याट्सम्यान भीम सार्की अर्धशतक बनाउँदै आउट भएका हुन् । सार्कीले ३० औं ओभरको तेस्रो बलमा अर्धशतक पूरा गरेका हुन् । कुल ७६ बल खेलेका भीम ९ चौकाको मद्दतबाट ६७ रन बनाउँदै आउट भए ।
एकदिवसीय क्रिकेटमा सार्कीको यो दोस्रो अर्धशतक हो । ३११ रनको लक्ष्य दिएको युएईविरुद्ध कुशल भुर्तेल पनि अर्धशतक बनाएर आउट भए । नेपाल ५ विकेट गुमाएर १८८ रन बनाएर खेलिरहेको छ ।
प्रकाशित मिति: १६:२७ बजे, बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











