Kathmandu Press

नेपालको चौथो विकेट गुम्यो, अर्धशतक बनाउँदै आउट भए कुशल

नेपाललाई लयमा फर्काउने प्रयास गरिरहेका ओपनर कुशल भुर्तेल अर्धशतक पूरा गर्दै आउट भएका छन् ।
नेपालको चौथो विकेट गुम्यो, अर्धशतक बनाउँदै आउट भए कुशल

काठमाडौं, चैत २ : युएईविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ । 

आइसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलको १६ औं ओभरमा नेपालले चौथो विकेट गुमाएको हो । नेपाललाई लयमा फर्काउने प्रयास गरिरहेका ओपनर कुशल भुर्तेल अर्धशतक पूरा गर्दै आउट भएका छन् । उनले ३५ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५० रनको योगदान गरे । कुशललाई जुनेद सिद्धिकीले आउट गरेका हुन् ।

कुशलको विकेटसँगै  ३११ रनको लक्ष्य पछ्याइरहेको नेपाल दबाबमा परेको छ । खेलको १६ औं ओभर सकिँदा नेपाल चार विकेटको क्षतिमा ९९ रन बनाएर खेलिरहेको छ । कुशलको विकेट पछि भीम सार्कीसँग साझेदारी गर्न आरिफ शेख क्रिजमा आएका छन् । 

नेपालका ओपनर आशिफ शेख पहिलो ओभरको दोस्रो बलमै आउट भएका थिए भने त्यसपछि आएका कुशल मल्ला दोस्रो ओभरको तेस्रो बलमै आउट भए । त्यसपछि आएका कप्तान रोहितकुमार पौडेल पनि सस्तोमै आउट भएका थिए । 

नेपाली टोलीमा अन्तिम विकेटसम्म पनि ब्याट्सम्यान छन् तर विशाल लक्ष्य भएका कारण छिटोछिटो विकेट पतन हुँदा टिम दबाबमा परेको छ । आजको खेलमा करण केसी बेन्चमा छन् । उनको स्थानमा गुल्सन झालाई खेलाइएको छ ।

अब नेपालसँग दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, ललितनारायण राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले ब्याटिङ गर्न बाँकी छ । 

प्रकाशित मिति: १५:१४ बजे, बिहीबार, चैत २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्