त्रिवि क्रिकेट मैदानमा थेगिनसक्नु भिड (तस्बिरहरु)
नेपाली टोलीलाई प्रोत्साहन दिन त्रिवि क्रिकेट मैदान उल्लेख्य संख्यामा क्रिकेट प्रेमी दर्शकहरुको उपस्थिती छ ।
काठमाडौं, चैत २ : आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल युएईविरुद्ध ब्याटिङ गरिरहेको छ ।
टस जितेर ब्याटिङ रोजेको युएईले ३१० रन बनाउँदै नेपाललाई जितको लागि ३११ रनको विशाल लक्ष्य दिएको छ । खराब सुरूवात गरेकाे नेपाल अहिले सम्हालिएर ब्याटिङ गरिरहेकाे छ।
नेपालका लागि आजको खेल अत्यन्त महत्वपूर्ण रहेको छ । आजको खेल जितेको खण्डमा नेपालले सिधै विश्वकप क्वालिफायर खेल्न पाउने छ । नेपाली टोलीलाई प्रोत्साहन दिन त्रिवि क्रिकेट मैदान उल्लेख्य संख्यामा क्रिकेट प्रेमी दर्शकहरुको उपस्थिती छ ।

बिहीबार बिहानैदेखि त्रिवि मैदान पुगेका दर्शकहरुलाई सम्हाल्न प्रहरीलाई हम्मेहम्मे नै परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत उच्च पदस्थ व्यक्तिहरु पनि नेपाली टोलीलाई हौसला प्रदान गर्न त्रिवि मैदान पुगेका थिए ।
तस्बिरहरू : नेपाल क्रिकेट संघ (क्यान)























