Kathmandu Press

नेपालले गुमायो तेस्रो विकेट, कप्तान रोहित पौडेल आउट

आयान अफ्जल खानको बललाई बाउन्ड्री पार गराउन खोजेका पौडेललाई युएईका कप्तान मोहम्मद वासिमले क्याच आउट गरेका हुन् । 
नेपालले गुमायो तेस्रो विकेट, कप्तान रोहित पौडेल आउट

काठमाडौं, चैत २ : आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम खेलमा युएईविरुद्ध ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ । 

युएईले दिएको ३११ रनको लक्ष्य पछ्याउने क्रममा दबाबमा खेलिरहेको नेपालले छैठौं ओभरको पाँचौ बलमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको हो । आयान अफ्जल खानको बललाई बाउन्ड्री पार गराउन खोजेका पौडेललाई युएईका कप्तान मोहम्मद वासिमले क्याच आउट गरेका हुन् । 

पौडेल २५ बलमा तीन चौकाको मद्धतले १६ रन बनाउँदै पवेलियन फर्केका छन्  । नेपाल नवौं ओभरमा तीन विकेट गुमाएर ५० रन बनाउँदै खेलिरहेको छ । 

ओपरन आशिफ शेख र कुशल मल्ल यसअघि नै आउट भइसकेका छन् । कप्तान पौडेलको विकेटपछि कुशल भुर्तेसँग साझेदारी गर्न भीम सार्की क्रिजमा छन् ।   

प्रकाशित मिति: १४:२५ बजे, बिहीबार, चैत २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्