Kathmandu Press

जुम्लामा बालविवाहमुक्त अभियान

तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले पालिकामा रहेका नौ वडामध्ये वडा नं ६ लाई सबैभन्दा पहिले बालविवाह तथा बालमैत्री वडा घोषणा गर्ने तयारी भएको छ। यस वडामा घोडे, रिपी र सुडी गाउँ पर्छन्। 
जुम्लामा बालविवाहमुक्त अभियान
Hardik ivfHardik ivf

जुम्ला, चैत २ : जुम्लाको तिला गाउँपालिकाले बालविवाहमुक्त अभियान सुरु गरेको छ। सो गाउँपालिकाको वडा नं ६ बाट उक्त अभियान थालनी गरेको  हो। 

तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले पालिकामा रहेका नौ वडामध्ये वडा नं ६ लाई सबैभन्दा पहिले बालविवाह तथा बालमैत्री वडा घोषणा गर्ने तयारी भएको छ। यस वडामा घोडे, रिपी र सुडी गाउँ पर्छन्। 

समग्र गाउँपालिकालाई नै बालविवाहमुक्त तथा बालमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्यअनुसार अभियान सञ्चालन भइरहेको जनाउँदै पहिलो पटक वडा नं ६ लाई घोषणा गरिने र आगामी हप्ताभित्र सो घोषणा गरिने उनले बताए। 

बालबिवाहमुक्त अभियानका लागि बालविवाह तथा बालमैत्री स्थानीय शासन निर्देशिकाले तोकेका न्यूनतम् सूचकको अवस्थाका बारेमा पालिकाभित्र अनुगमन गरिएको छ। किर्डाक जुम्ला र पालिकाको संयुक्त साझेदारीमा यो अभियान सञ्चालन भइरहेको बताइएको छ।

सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तय गरेको ५१ सूचकमध्ये अधिकांश सूचक पूरा गरेकाले पालिकाको वडा नं ६ लाई बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी भइरहेको उपाध्यक्ष गोरीकला बुढाले बताए। 

निर्देशिका बमोजिम ५१ सूचकको अवस्थाबारे यहाँका स्थानीयवासी, आमा समुह, बालक्लब, युवाक्लब, राजनीतिक दल र सरोकारवाला व्यक्तिसँग अन्तरक्रिया गरिएको छ। तोकिएका सूचकमध्ये ८० प्रतिशत बढी अंक हासिल गर्ने वडालाई बालमैत्री वडा घोषणा गर्न सकिने निर्देशिकामा उल्लेख छ। उक्त निर्देशिकाले तय गरेका अधिकांश सूचक पूरा भएका छन्। 

बालविवाहमुक्त वडा निर्माणका लागि वडाले तोकिएका सूचक र मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको वडाध्यक्ष जंगबहादुर रोकायाले बताए। हिउँदे गाउँसभाबाट सो वडालाई बालविवाहमुक्त तथा बालमत्री वडा घोषणा गर्नका लागि रू तीन लाख बजेट विनियोजित गरिएको उहाँले जानकारी दिए। 

बालविवाहमुक्त अभियान, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन गरिएको किर्डाक जुम्लाका बाल संरक्षण अधिकृत श्रीराम थापाले जानकारी दिए। 

प्रकाशित मिति: १४:१४ बजे, बिहीबार, चैत २, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्