नेपालको खराब सुरुवात, आसिफ शेख र कुशल मल्ल शून्य रनमै आउट
ओपनर आशिफ शेख पहिलो ओभरको दोस्रो बल र कुशल मल्ल दोस्रो ओभरको तेस्रो बलमा आउट भएका छन् ।
काठमाडौं, चैत २ : ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ ।
आइसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेल अन्तर्गत युएईले दिएको विशाल लक्ष्य पछ्याएको नेपालले सुरुवातमै विकेट गुमाएको हो । ओपनर आशिफ शेख दोस्रो बलमै आउट भएका छन् ।
आशिफको विकेटपछि क्रिजमा आएका कुशल मल्ल दोस्रो ओभरको तेस्रो बलमा आउट भएका छन् । टिकेर खेल्नुपर्ने अवस्थामा नेपालले सुरुवातमै दुई विकेट गुमाएको छ ।
आशिफ युएईका आयान अफ्जल खानको बलमा आउट भएका हुन् भने कुशल मल्ललाई जुनेद सिद्धिकीले आउट गरेका हुन् ।
तीन ओभर जारी रहँदा नेपाल १६ रन बनाएर खेलिरहेको छ । ओपनर कुशल भुर्तेललाई साथ दिन कप्तान रोहितकुमार पौडेल क्रिजमा आएका छन् ।
प्रकाशित मिति: १४:०१ बजे, बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











