युएईले नेपाललाई दियो ३११ रनको चुनौतीपूर्ण लक्ष्य
युएईलाई फराकिलो स्कोरमा पुर्याउन आसिफ खानले कीर्तिमानी शतक प्रहार गरे ।
काठमाडौं, चैत २ : आइसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपालले अहिलेसम्मकै ठूलो स्कोरको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा युएईले नेपाललाई ३१ं१ रनको लक्ष्य दिएको हो ।
टस जितेर ब्याटिङ रोजेको युएईले ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा ३१० रन बनाएको हो । युएईलाई फराकिलो स्कोरमा पुर्याउन आसिफ खानले कीर्तिमानी शतक बनाए । खानले ४१ बलमा ११ छक्का ४ चौकाको विस्फोटक ब्याटिङ गर्दै १०१ रन बनाएका हुन् ।
खेलमा कप्तान मोहम्मद वसिमले ६३ रन बनाए । ४९ बल खेलेका वसिमले ६ छक्का र २ चौका प्रहार गरे । त्यस्तै भृत्तीय अरविन्दले १३८ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ९४ रन बनाए । त्यस्तै रोहन मुस्तफाले २० रन बनाउँदा अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिए । त्यस्तै ललित नारायण राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले एकएक विकेट लिए ।











