नेपाललाई पाचौं सफलता, दिपेन्द्रको बलमा मुस्तफा आउट
३२ बल खेलेका मुस्ताफा २० रन बनाएर पवेलियन फर्किएका छन् ।
काठमाडौं, चैत २ : आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम खेलमा युएईविरुद्ध नेपालले पाचौं विकेट लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चलिरहेको खेलको ३७ औं ओभरमा नेपालले पाचौं विकेट लिन सफल भएको हो ।
ओभरको तेस्रो बलमा दिपेन्द्रसिंह ऐरीले युएईका महत्वपूर्ण ब्याट्सम्यान रोहन मुस्ताफालाई एलबिडब्लु आउट गरेका हुन् । ३२ बल खेलेका मुस्ताफा २० रन बनाएर पवेलियन फर्किएका छन् । युएईलाई फराकिलो योगफल बनाउनका लागि रोक्न नेपाल प्रयासरत छ ।
३८ औं ओभर सकिँदा युएई १८० रन बनाएर खेलिरहेको छ । यसअघि ललित नारायण राजवंशी र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।
प्रकाशित मिति: १२:१५ बजे, बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











